ओली-प्रचण्डद्वारा धुम्बाराहीस्थित केन्द्रिय कार्यालयको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ओली-प्रचण्डद्वारा धुम्बाराहीस्थित केन्द्रिय कार्यालयको अवलोकन

काठमाडौं, ४ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले धुम्बाराहीस्थित आफ्रनो पार्टीको केन्द्रिय कार्यालय अवलोकन गरेका छन् ।

दुई पार्टीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय व्यवस्थापनका लागि आवश्यक तयारी गर्न अध्यक्षद्धय ओली र दाहालले सचिवालयका नेताहरुसहित शुक्रबार अपरान्ह धुम्बाराही केन्द्रिय कार्यालय अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा नेकपाको केन्द्रिय कार्यालय पुगेका नेताहरुलाई पार्टीका महासचिव विष्णु पौडेलले स्वागत गरेका थिए । त्यसक्रममा दुवै अध्यक्षहरुले पार्टी कार्यालयको सचिवालयको अवलोकन गरे ।

एकीकृत नयाँ पार्टीको कार्यालय व्यवस्थापनका लागि आवश्यक तयारी गर्न अध्यक्षद्धयले सचिवालयका नेताहरुसहित तत्कालीन एमालेको केन्द्रिय कार्यालयको अवलोकन गरेको नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

अध्यक्षद्धय ओली र दाहालको साथमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालयका सदस्यहरु इश्वर पोखरेल, रामबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

तत्कालीन नेकपा एमालेको सो कार्यालय भाँडामा लिएर संचालन हुँदै आएको छ । नेता श्रेष्ठले नयाँ एकीकृत पार्टीको केन्द्रिय कार्यालय अझै व्यवस्थित बनाउन नेताहरुले आवश्यक तयारीको कामलाई अघि बढाएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);