पार्टी एकतालाई सदृढ बनाउन अाेली -प्रचण्डकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पार्टी एकतालाई सदृढ बनाउन अाेली -प्रचण्डकाे निर्देशन

काठमाडौं, १० जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सदृढ बनाउने गरी गतिविधि अघि बढाउन पार्टीका केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

पार्टी एकतापछि विहीबार बसेको पहिलो केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्धय ओली र दाहालले पार्टीलाई विधि र नीतिसम्मत ढंगले अघि बढाउन पनि पार्टीका केन्द्रिय सदस्यहरुलाई सचेत गराएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्तीमा साथ दिन केन्द्रित हुन पनि केन्द्रिय सदस्यहरुको ध्यानाकर्षण गराएका छन् । ओली–दाहाल दुवैले भ्रष्टाचार हुन नदिने र गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी समेत दिएको प्रवक्ता श्रेष्ठले बताए ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीमा ४ सय ४१ जना केन्द्रिय सदस्य मनोनित गरिएको छ । बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकताको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षर सहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);