सहसचिव रुपनारायण भट्टराईकाे सरुवा श्रम तथा रोजगार मन्त्रालयमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सहसचिव रुपनारायण भट्टराईकाे सरुवा श्रम तथा रोजगार मन्त्रालयमा

काठमाडौं, १० जेठ । यातायात व्यवस्था विभागबाट जगेडामा तानिएका सहसचिव रुपनारायण भट्टराई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।

सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका छन् । यातायात व्यवस्था विभाग प्रमुख रहँदा सिण्डिकेटविरुद्ध कडा कदम चालेका भट्टराईलाई केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका थिए ।

त्यसपछि बिदामा बसिरहेका बेला भट्टराईलाई श्रममन्त्री गोकर्ण विष्टले आफ्नै पहलमा श्रम मन्त्रालय तानेका हुन् । स्रोतका अनुसार मन्त्री विष्टले भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी गरेका छन् ।

म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन र रोजगार विभागको गिरेको शाख फर्काउन भट्टराईलाई महानिर्देशक बनाएर पठाउन लागिएको विष्ट निकट स्रोतले बतायो ।

सरकारले बढुवा भएका १२ सहसचिवको पदस्थापन गरेको छ भने १६ सहसचिवको सरुवा गरेको हो । सरुवा सूचीको एक नम्बरमा शिवलाल तिवारी छन् । सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई प्रदेश ३ स्थित प्रदेश प्रमुखको कार्यालय हेटौंडा सरुवा गरिएको छ ।

सूचीको अन्तिम नम्बरमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);