प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिबारे सामाजिक सञ्जालमा प्रश्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिबारे सामाजिक सञ्जालमा प्रश्न

काठमाडौं, १० जेठ । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्तिबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । अधिकांशले मन्त्रीहरुको सम्पत्ति विवरणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । हेरौ केही ट्वीट :

तीलक तिवारी ट्वीट गर्दै लेख्छन् मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको देख्दा एकदिन भएपनि जनताका तर्फवाट सामूहिक निशुल्क भोजनको व्यवस्था गर्नुपर्ने देखियो । कसरी बाँच्ने विचरा काठमाडौंको महंगीमा, सम्पति सार्वजनिक गर्ने वाहियात नाटक । कोहिको एउटा साइकल रे कोहिको एउटा स्कूटर रे, कोहिको २ आना जमिन रे । झुट ।

गोविन्द बानियाले प्रधानमन्त्रीको फोटो पोस्ट गर्दै ट्वीटरमा लेखेका छन्, नाकाबन्दी पछि कमाई बढेको देखियो । पक्कै ब्लकेड इफेक्ट होला ।

केशव ट्वीट गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई व्यङ्ग्य गर्दै लेख्छन्, बल्ल मन्त्री भएका रविन्द्र अधिकारी ३ वटा घर ६० तोला सुन र २५ लाख नगदको स्रोत के होला ? कि एनसेलको गिफ्ट हो महोदय ।

प्रदीप भट्टराई लालबाबु पण्डितले अस्तिसम्म पैसा छैन भन्दै रोइलो गरे साँच्चै केही छैन होला भनेर मलेसिया र खाडीमा रहेका ५५ डिग्रीको तापमानका काम गर्ने श्रमिकले सकेको सहयोग गरे मन्त्री हुने बित्तिकै लाखौ ब्यालेन्स र ५० तोला भन्दा बढी सुन कहाँबाट आयो ?

दुच्छड सुरेश लेख्छन्, उख्खान टुक्का हालेरै पनि मनग्य कमाउन सकिदोरछ भन्ने उदाहरण हाम्रा सम्माननीय प्रम ज्यूले पेश गर्नु भएको छ । कला भए विदेश किन धाउनुपर्यो यतै मुठा पैसा फल्छ ।

शिव दाहाल लेख्छन्, हाम्रा मन्त्रीहरुले सम्पति हैन दम्पती विवरण सार्वजनिक गरेका रहेछन्।

निश्चल नेपाल लेख्छन्, दाइजो विरुद्धको कानुन आफै बनाउने अनि सम्पति विवरणको शीर्षकमा दाइजो भनेर करोडौको सम्पति देखाउने ? के हो मन्त्री ज्यू कानुन बनाउने नि आफै तोड्ने नि आफै ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);