धुर्मुस–सुन्तलीको अगुवाइमा वीर अस्पतालको मुहार फेरिँद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

धुर्मुस–सुन्तलीको अगुवाइमा वीर अस्पतालको मुहार फेरिँद

मीना कट्वाल
काठमाडौं, १० जेठ । सामाजीक कार्य गरेर जनप्रीय बनेका कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे अहिले देशकै पुरानो वीर अस्पतालको सरसफाइमा जुटेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले सफाइ अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ । तर, अस्पताल प्रशासनले भने सरसफाइको काम मन्त्रालयको योजना र सरकारी बजेटबाटै भइरहेको दाबी गरेको छ ।

एक समय फोहोर र अस्तव्यस्त अस्पतालको परिचय बनाएको १ सय २८ वर्ष पुरानो काठमाडौं स्थित वीर अस्पतालको मुहार फेरिँदै छ । कलाकार धुर्मस–सुन्तलीको अगुवाइमा वीर अस्पतालको सरसफाइ र रंगरोगनको काम भइरहेको छ ।

उपचारका लागि देशभरका विरामी आउने देशकै पुरानो सरकारी अस्पताल अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको थियो । ढिलै भए पनि अस्पताल सफाइ अभियानको सुरु गरेर सकारात्मक कामको थालनी भएको छ ।

तर, १२ सय कर्मचारी भएको अस्पतालको सफाइ गर्न पनि कलाकार नै जानुपर्ने अवस्था आउनु भने लाजमर्दो भएको सर्वसाधारणको भनाइ छ ।

अस्पताल प्रशासनले भने धुर्मुस सुन्तलीलाई विज्ञको रुपमा मात्र ल्याइएको दाबी गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनको वेभपेजमा वीर अस्पताल सफाइको लागि दाताहरुबाट रकम संकलन गरिएको तस्बिर र सुचना राखिएको छ । र, सहयोगका लागि आह्वान समेत गरिएको छ ।

तर, वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र बस्नेत भने सफाइको काम स्वास्थ्य मन्त्रालयको योजना र सरकारी बजेटबाटै भइरहेको दाबी गर्छन् । पुरानो संरचना र ट्वाइलेट कसरी प्रयोग गर्ने भन्ने जानकारी समेत नभएका मानिसहरु अस्पतालमा आउने हुँदा सफाइमा समस्या भएको उनको भनाइ छ ।

७ सय ५० बेड सहितको आधुनिक भवन निर्माण भइरहेको भन्दै उनँले अबको तीन वर्षमा अस्पताललाई विश्वको उत्कष्ट अस्पतालको मापदण्डमा पु-याउने बस्नेतले दाबी गरे । अस्पतालका निर्देशक बस्नेतले सरकारी बजेट मै वीर अस्पताल सफाइ र रंगरोगनको काम भइरहेको दाबी गरे पनि धुर्मुसले भने उधारोमा रंग ल्याएर रंगरोगन गरिरहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

वीर अस्पतालको सफाइका लागी भन्दै सहयोग रकम लिँदै गरेका धेरै पोष्टहरु धुर्मुस–सुन्तली फाउनडेशनको फेसबुक पेजमा राखिएको छ । अस्पतालले भने जस्तो धुर्मुस–सुन्तलीलाई विज्ञको रुपमा मात्र राखिएको हो भने धुर्मुसले संकलन गरेको रकम के का लगि ? सर्वसाधारणले प्रश्न गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);