सरकारी अस्पतालमा शौचालयको कन्तविजोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारी अस्पतालमा शौचालयको कन्तविजोग

bir-hospital

काठमाडौं, २६ पुस । कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् । कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’

वीर अस्पतालकै विजोग
नेपालकै सबैभन्दा पुरानो र सरकारको प्राथमिकतामा परेको अस्पताल हो महाबौद्धस्थित वीर अस्पताल । वीरमा देशभरिबाट दैनिक दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् । तर सरकारको सबैभन्दा जेठो र प्राथमिकतामा रहेको यही वीर अस्पतालमै शौचालयको अवस्था नाजुक छ ।

वीर अस्पतालमा रहेका शौचालयमा गएर दिसा वा पिसाब गर्न सक्ने अवस्था छैन । विगतमा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालको शौचालयबाट सरकारी अस्पतालको सुधार अभियान थाल्नुभएको थियो । तर अहिले त्यही वीर अस्पतालमा रहेको शौचालयमा गएर दिसा, पिसाब गर्न सक्ने अवस्था छैन ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);