शौचालयविहीन बागलुङ नगर | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

शौचालयविहीन बागलुङ नगर

सुवास आचार्य
बाग्लुङ, २६ असोज ।
गत वर्ष नेपाल खुला दिशामुक्त देश घोषणा गरिएपनि सार्वजनिक शौचालयको समस्या देशभर छ । यस्तै सार्वजनिक शौचालयको समस्या बाग्लुङ नगरमा पनि छ । सार्वजनिक शौचालय निर्माण भएपनि अदूरदर्शी विकासले भएका शौचालय भत्काइएका छन् नयाँ शौचालय बनाउने योजना बनेपनि हालसम्म शौचालय योजना कार्यान्वयन नहँुदा नगरमा शौच गर्न समस्या हुदै आएको छ ।

बाग्लुङलाई ५ वर्ष अघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । उक्त अभियानलाई निरन्तरताका लागि बागलुङ बजारमा केही सार्वजनिक शौचालय बनाइएको थियो । तर, अदूरदर्शी विकासको नाउमा भएका शौचालय भत्काइयो । तर नयाँ शौचालय बनाउने भनिएपनि अझै बनेनन् । शौचालय प्रयोग तथा व्यवस्थापन गर्न नपाउदै सडक बिस्तारको नाममा शौचालय भत्काइएको छ।

बाग्लुङ नगरमा सर्वसाधारणको भीडभाड भएपनि शौच गर्न मुश्किल छ । नगरपालिका वडा नम्बर ३ सुलडाँडामा निर्माण थालिएको शौचालय स्थानीयमा विवादले अहिले अलपत्र छ । नगरपालिकाले पटकपटक विवादास्पद जग्गामा सार्वजनिक शौचालय बनाउने अनि भत्काउने काम हुदै आएको छ। बाग्लुङ नगरपालिका वडा नम्बर ३ लक्ष्मी नारायण मन्दिरको गुठीको जग्गामा जबर्जस्ती शौचालय बनाउन शुरूवात गरेपछि गुठीले मुद्दा दर्ता गरेको छ।

सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण समस्यामा परेका छन । बाग्लुङ वजारमा शौचालय अभावमा कतिपय यात्रु खाजा पसल तथा होटलमा पसेर खाजा नास्ता गर्नुै पर्ने बाध्यता छ । पुरुष भन्दा महिलाका लागि बजारमा सकस बढी छ । बजारमा सार्वजनिक शौचालय नभएका कारण गाँउ गाँउबाट बजार आउने सर्वसाधारण समस्यामा परेका हुन् ।

सहरमा सर्वसाधरणले झेल्ने हैरानी मध्येको एक हो सार्वजनिक शौचालयको समस्या । सर्वसाधारणको चाप बढी हुने शहरी क्षेत्रमा त्यो समस्या अझ विकराल छ । जिल्लालाई लाखौ रकम खर्च गरेर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि सरकारी तबरवाट हालसम्म एउटा पनि सार्वजनिक शौचालय बनाईएको छैन । सार्वजनिक शौचालय बनाउन बजेट विनियोजन हुन नसक्दा शौचालय वन्न नसकेको हो ।

सडक लगाएतको क्षेत्रमा वार्षिक करोडौ रकम विनियोजन भएपनि मानिसलाई दैनिक अवश्यक पर्ने शौचालय निर्माणमा सरकारी निकाय र जनप्रतिनिधिको ध्यान जान नसक्दा बागलुङ बजार आउने जो कोहीले पनि सास्ती खेप्न बाध्य भएका छन् । नेपाललाई पूर्ण खुला दिसामुक्त मुलुक घोषण गरिसकेको भए पनि सरकारले उक्त लक्ष्य अनुसार ठोस रुपमा परिणममुखी काम गर्न नसक्दा घोषण हात्तिको देखाउने दाँत सावित भएको हो ।

Leave a Reply

ताजा समाचार