काठमाडौंका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौंका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय

Virus Outbreak Connecticut

काठमाडौं, २६ असाेज । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित विरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताउनुभयो । कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसियु, भेन्टिलेटर र अख्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उहाँले आग्रह गर्नुभयो । यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।

मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन । यद्यपी त्यहाँ संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);