नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु

नवलपरासी, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु भएको छ । कावासोती नगरपालिका –३ मा रहेको १ सय ८४ विगाह क्षेत्रफलमा एकिकृत कार्यालय रहने गरि सदरमुकाम निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा अहिले एकिकृत सरकारी कार्यालय भवनहरुबाट निर्माण स्थलसम्म पुग्ने पहँुचमार्ग निर्माणको काम शुरु गरिएको छ ।

यसकालागि सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरबाट बोलपत्र आव्हान गरि प्रक्रिया अघि बढेको छ । करोड ८० लाख बजेटबाट प्रारम्भिक चरणको काम शुरु गर्न लागिएको हो । प्रारम्भिक चरणमा पहुँचमार्ग निर्माण पश्चात यसै वर्षबाट थप सडक र भवन निर्माणको काम समेत शुरु हुने बताईएको छ । सदरमुकाम निर्माण स्थलमा संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरु निर्माण हुनेछन् ।

हाल संघ मातहतका १६, प्रदेश मातहतका ११ तथा स्थानीयतहको कार्यालय निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ । सदरमुकाम निर्माण स्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवाश गृह, रंगशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क लगाएतका संरचनाहरु समेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरु योजना अनुसार करिब १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);