देवदह र सैनामैना 'एकीकृत सहरी विकास योजना'मा छनौंट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देवदह र सैनामैना ‘एकीकृत सहरी विकास योजना’मा छनौंट

debdaha nagarpalika

बिमल पुरी
रुपन्देही, १० पुस । रूपन्देही जिल्लाका दुईवटा स्थानीय तह एकीकृत सहरी विकास योजनामा छनौंट भएका छन् । छनौटमा परेका स्थानीय तहले विकासको मोडल एकीकृत रूपमा योजना गरी कार्यान्वयनमा ल्याउने जनाएका छन ।

सहरी विकास तथा भवन निर्माण विभागले रूपन्देहीको देवदह नगरपालिका र सैनामैना नगरपालिकामा एकीकृत सहरी विकास योजना सञ्चालन गर्ने भएको छ । देशभरका कुल १ सय ८७ स्थानीय तहमध्य रुपन्देहीका दुईवटा स्थानीय तह सहरीविकास योजनाका लागि छनोट भएका हुन् । देवदह र सैनामैनामा अहिले योजना छनौटको काम अगाडि बढिरहेको छ ।

एकिकृत योजनाका दुबै नगरको बैठक बसी आयोजना कसरी अगाडी बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार एउटा आयोजना करिव ३०–४० करोड रूपैयाँ बराबरको हुने छ । देवदह नगरपालिकाले पहिलो चरणमा दुईवटा नमुना आयोजना छनौट गरि निर्माणको क्रम सुरु गर्न लागेको छ ।

देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीका अनुसार पहिलो चरणमा नगरहरु जोडिने गरी चक्रपथ निर्माण गर्ने र गौतम बुद्घको मावली स्थानमा पर्यटक भित्र्याउन पार्क निर्माण गर्ने योजना रहेको छ ।

एकीकृत विकासको योजना कम्तिमा पनि १५ बर्षको हुने छ । योजना कार्यान्वयन पछि स्थानीय तहले विकासको फड्को मार्ने अपेक्षा गरिएको छ । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले यस क्षेत्रमा गौतम बुद्घको ठूलो मूर्ति निर्माण र उत्खनन् गरेर भेटिएका वस्तुहरु सङ्ग्राहलयमा राखेर राष्ट्रिय अन्तराष्ट्रिय पर्यटक आकर्षित गर्ने बताए।

एकीकृत शहरी विकास योजना बनाउँदा दीर्घकालीन सोंच प्रर्दशित गर्नुपर्ने छ भने योजनाले नगरपालिकाको समष्टिगत पक्ष र पौंराणिकता झल्काउनु पर्ने मापदण्ड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);