विना कसुर कार्यकर्ता पक्राउ गरेको भन्दै जिल्ला प्रशासन घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विना कसुर कार्यकर्ता पक्राउ गरेको भन्दै जिल्ला प्रशासन घेराउ

अछाम, १० पुस । नेपाली कांग्रेस अछामले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । प्रशासनले विना कसुर आफ्ना पाँच कार्यकर्ता पक्राउ गरेको भन्दै कांग्रेसले जिल्ला प्रशासन घेराउ गरेको हो ।

पुस ४ गते उमेर नै नपुगेका व्यक्तिलाई चौरपाटी गाउँपालिकाले कर्मचारीमा भर्ना गरेपछि कांग्रेसले विरोध गर्दा कांग्रेस कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । नियुक्तिको बैधानिकतामा प्रश्न उठाउँदा प्रहरीले छापामार शैलीमा गिरफ्तार गरि हिरासतमा राखेको भन्दै नेपाली कांग्रेस अछामले जिल्लामा क्रमबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

कांग्रेसले कर्मचारीको अवैध भर्नाबिरुद्ध गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेको थियो । तालाबन्दीेपछी प्रहरीले कांग्रेसका पाँच कार्यकर्ता पक्राउ गरेको थियो । आन्दोलनमा पूर्वसूचना तथा संचार राज्यमन्त्री गोबिन्दबहादुर शाह, उपसभापति चन्द्रप्रसाद ढुंगाना, काग्रेसबाट जितेका १० वटै तहका जनप्रतिनिधिसहित कार्यकर्ता सहभागि थिए । कांग्रेसको आन्दोलनका कारण प्रशासनका सबै सेवा ठप्प भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);