नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार पार्ने काम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार पार्ने काम सुरु

काठमाडौं, १३ पुस । सरकारले नयाँ नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना तयार पार्ने काम सुरु गरेको छ । सहरी विकास मन्त्रालयले विहिबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशमा पर्ने नयाँ नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना तयार पार्ने काम भईरहेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सहरी विकास तथा भवन निर्माण विभागमा उप महानिर्देशक पदम प्रसाद मैनालीले ७ वटै प्रदेशमा पर्ने ९० वटा नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना तयार पार्ने काम भईरहेको बताए । सरकारले चालू आर्थिक वर्ष भित्रै नयाँ नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना तयार पार्ने गरी वार्षिक कार्यक्रम नै स्विकृत गरेको छ ।

विभागले एकीकृत सहरी विकास योजना अन्तरगत नयाँ गठन भएका नगरपालिकाहरुको भौतिक, पूर्वाधार, सामाजिक , आर्थिक अवस्थाहरुको विस्तृत अध्ययन गरी सोको प्राविधिक अध्ययन अनुसन्धान गरी पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने योजना पनि बनाएको छ ।

एकीकृत सहरी विकास योजना तयार पार्न परामर्स सेवाका लागि करिव ८० करोड बजेट खर्च हुने पनि विभागमा उपमहानिर्देशक मैनालीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);