सरकारले मृर्गौला, क्यान्सर र प्यारालाईसिसका पीडितलाई मासिक भत्ता दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारले मृर्गौला, क्यान्सर र प्यारालाईसिसका पीडितलाई मासिक भत्ता दिने

काठमाडौं, १३ पुस । सरकारले मृर्गौला, क्यान्सर र प्यारालाईसिस रोगका पीडितलाई मासिक पाँच हजारका दरले जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले दुवै मृर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

तीन वटै ठूला रोग पीडितलाई मासिक ५ हजारका दरले जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । एमाले र माओवादी केन्द्रले काम चलाउ अवस्थामा रहेको भन्दै सरकारलाई कुनै पनि नियुक्त, सरुवा, बढुवा लगागतका काम नगर्न दवाव दिँदै आएको छ ।

सरकारले व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको लागि विश्व बैंकले दिने करिव ६ अरव २१ करोड ऋण सहायता लिने स्विकृति पनि प्रदान गरेको छ ।

त्यसैगरी कोरिया सरकारको काठमाडाैँ विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि करिव १ अरव ४ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ ।

मन्त्रीपरिषद बैठकले पूरातत्व विभागको निर्णय अनुसार रानी पोखरी पुनर्निर्माणको काम अघि बढाउने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);