असाधारण दबाबका कारण राष्ट्रपतिले अध्यादेश जारी गर्नु पर्‍यो : अाेली | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, १४ पुस ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण दबाबका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्नु परेको प्रतिक्रिया दिएका छन् ।

नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ओलीले अध्यादेश जारी गर्नु कानुनसम्मत भए पनि दलहरूबीचको असहमतिका बाबजुद राष्ट्रपतिलाई सरकारले थेग्नै नसक्ने दबाब दिएको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले वाम गठबन्धनलाई पाँच वर्ष सरकार चलाउन स्पष्ट जनादेश आए पनि कांग्रेसले साना दललाई समाएर जालझेलको राजनीति गरेको आरोप लगाएका छन् ।

करिब एक घण्टा लामो भाषणका क्रममा अधिकांश समय कांग्रेसलाई गाली गर्न समय खर्चिएका ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन ठूलो रणनीति अपनाइएको आरोप लगाए ।

नयाँ सरकार गठनबारे विभिन्न विश्लेषण भइरहेका बेला अध्यक्ष ओलीले वाम गठबन्धनकै सरकार बन्ने स्पष्ट पारे । अब बन्ने सरकारबाट केही समुदाय आतंकित भएको उनको भनाइ थियो ।

कामचलाउ भइसकेको सरकारको अशक्त व्यक्तिलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय समेत आपत्तिजनक रहेको ओलीले बताए । सरकारले हिजो मृगौला, क्यान्सर र प्यारालाइसिस रोगका पीडितलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);