नयाँ सरकार लोकतान्त्रिक विधि अनुसार चल्छ : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नयाँ सरकार लोकतान्त्रिक विधि अनुसार चल्छ : ओली

kp oli

काठमाडौं, १५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैरजिम्मेबार नहुने स्पष्ट पारेका छन् ।

चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई पार्टी कार्यालय धुमबराहीमा सोमबार शुभकामना एवं बधाई दिदै अध्यक्ष ओलीले नयाँ सरकार लोकतान्त्रिक र विधिको सरकार हुने बताए ।

आवश्यकता भन्दा बाहिरका विषयमा राज्यलाई आर्थिक बोझ बोकाउने ढंगका सरकारका निर्णयले उसको राष्ट्रप्रतिको गैरजिम्मेवारीलाई उजागर गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले वर्तमान सरकारले देशको अर्थतन्त्र डामाडोल पार्ने काम गरेको आरोप लगाए ।

नयाँ सरकार बनेपछि शेयर बजारमा असाधारण सुधार आउँछ

फरक प्रसङ्गमा अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि शेयर बजारमा असाधारण सुधार आउने दाबी गरेका छन् । वाम गठबन्धनको सरकार बनेपछि शेयर बजार खस्कने लगायत विभिन्न किसिमका नकारात्मक प्रभाव देखिने भन्दै गरिएका प्रचारबाजीमा कुनै सत्यता नभएको भन्दै उनले उत्साहका साथ आफ्नो व्यवसायमा अघि बढ्न नविनिर्वाचित चेम्बरका पदाधिकारीलाई सुझाव दिए ।

चेम्बरले आगामी कार्याकालका लागि राजेशकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित चेम्बरका पदाधिकारीलाई एमालेले बधाई तथा स्वागत कार्यक्रम गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);