नैतिक सीमामा बस्न सरकारलाई वाम गठबन्धनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नैतिक सीमामा बस्न सरकारलाई वाम गठबन्धनको चेतावनी

काठमाडौं, ६ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार कामचलाउ भैसेको भन्दै नैतिक सीमामा बस्न सचेत गराएका छन् ।

बुधबार काठमाडौंबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चाल मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको कामकार्बाही नरोकिने भन्दै दिएको प्रतिक्रियाको खण्डन गरे । सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास गरेको भन्दै उनले नैतिक सीमामा बस्न सचेत गराए । अध्यक्ष ओलीले काम चलाउ भैसेको सरकारका प्रवक्ताले प्रत्रकार सम्मेलन गरेर दम्भ देखाएको आरोप लगाए ।

बाम गठवन्धनले स्पष्ट बहुमत ल्याएको अवस्थामा नयाँ सरकार गठनका लागि कुनै कानुनी जटिलता नरहेको दाबी गर्दै उनले केही दिन भित्रै सरकार गठन हुने बताए । उनले सरकार गठनसँगै पार्टी एकता प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनमत अनुसार नयाँ सरकार गठन गर्न अबरोध गर्नेलाई नछाड्ने चेतावनी दिए । उनले एमाले र माओवादी केन्द्रबीचको एकता अभियानबाट भाग्ने छुट कसैलाई नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);