दलहरुले संविधान आफू अनुकुल प्रयोग गर्न खोजेको कानुनविद्हरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

काठमाडौं, ६ पुष । दलहरुले आफु अनुकुल संविधानलाई प्रयोग गर्न खोजेको कानुनविद्हरुले आरोप लगाएका छन् ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशलाई लिएर दलहरुले राष्ट्रपतिलाई समेत विवादित बनाएको कानुनविदहरुको टिप्पणी छ । बुधवार राजधानीमा संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा कानुनविदहरुले राष्ट्रपति स्वयंले पनि अध्यादेश रोकेर राख्नु गलत भएको टिप्पणी गरे ।

कार्यक्रममा संविधानविद् भिर्माजुन आचार्यले राष्टिसभाको गठन गर्दा बहुमतीय नभइ एकल संक्रमणीय हुनुपर्ने बताए । एकल संक्रमणीय हुँदा मत खेर नजाने र धेरैको प्रतिनिधित्व हुने उनको भनाइ थियो ।

कानुनविदहरुले दलहरुलाई संविधान अनुसार चल्न सुझाव पनि दिए ।

ताजा समाचार