नेता सिंहले भने एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्त हुन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, ८ पुष । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन् ।

 

काठमाडौँ महानगरपालिका वडा नं २९ मा ‘बधाई तथा धन्यवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै, नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए ।

नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे ।

 

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे। निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो ।

 

कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने र पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको सिंहले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);