म्यादी प्रहरी मृत्यु घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न विना विभागीयमन्त्री शाहीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, ८ पुष । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु प्रति दुख व्यक्त गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दै ध्यानाकर्षण समेत गराएका छन् ।
घटनामा आधा दर्जन जति घाइते भएको थिए ।

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उन भने ।

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना प्रकट गर्दछु उल्लेख छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);