राष्ट्रियसभामा बढी सिट जित्ने वाम गठबन्धनकाे रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रियसभामा बढी सिट जित्ने वाम गठबन्धनकाे रणनीति

bam

काठमाडाैं, १५ माघ । वाम गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा बढी सिट जित्ने रणनीति बनाएको छ । सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अत्याधिक उम्मेदवारलाई बिजयी बनाउन अन्य दलहरुसंगको छलफललाई अघि बढाउने निर्णय गरेको छ ।

विशेष गरेर प्रदेश नम्बर ३ लगायत केही प्रदेशका कमजोर उम्मेदवारलाई विजयी बनाउनका लागि अन्य दलसंगको मत तान्ने रणनितिमा वामगठबन्धन लागि परेको छ  ।

बैठकमा कार्यदलले दिएको सुझावका आधारमा जित निश्चित भएका उम्मेदवार बाहेक जोखिम र कमजोर उम्मेदवारलाई जिताउनका लागि अन्य दलसंग छलफल गर्ने निर्णय भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

वामगठबन्धन वा नेपाली कांग्रेसको उम्मेदवारको जितमा अन्य दलसंग रहेको मतको महत्वपुर्ण भुमिका रहेकाले त्यो मत हासिल गर्ने प्रयासमा दलिय छलफल अघि बढाउने निर्णय बैठकले गरेको नेम्वाङले जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा तथा एमाले नेताहरु माधवकुमार नेपाल र नेम्वाङ्ग सहभागी थिए । । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);