समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कार्वाही गर्नुपर्छ : थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कार्वाही गर्नुपर्छ : थापा

काठमाडौं, १४ पुस । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

नेता थापाले पूर्वाधार विकासको कामलाई तीव्रता दिन सरकारले सरोकारवाला निकायसँगको अनुगमनको कामलाई तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको पूर्वाधार विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वाधार विकासका लागि समयमै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई छनौट गर्नुपर्ने आवश्यक्ता औल्याए । नेता थापाले सडक निर्माण गर्ने परिपाटीमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै एमाले नेता रविन्द्र अधिकारीले सरकारको क्षमता कमजोर भएकै कारण पूर्वाधार विकासको कामले गति लिन नसकेको दावी गरे ।

उनले निजी क्षेत्रलाई समेत साथमा लिएर सडक निर्माणको कामलाई सहज रुपमा अघि बढाउन सरकार आफै सक्षम हुनुपर्नेमा जोड दिए । नेता अधिकारीले कतिपय सडक निर्माणको काम सरकारको गलत नियतकै कारण अघि बढन नसकेको आरोप समेत लगाए ।

राष्ट्रिय योजना आयोगले पूर्वाधार विकासका लागि आवश्यक रणनीति तय गर्न सम्बद्ध सबै पक्षसँगको छलफललाई तीव्रता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);