काम नगर्ने ठेकेदार कम्पनीमाथि कार्वाही गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काम नगर्ने ठेकेदार कम्पनीमाथि कार्वाही गर्न निर्देशन

pull

काठमाडौं, २४ असोज । संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएकी छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् । सभापति खड्काले विवादमा तानिएको पप्पु कन्सट्रक्सन कम्पनीलाई ठेक्का दिने काम गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

समितिकी सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरिन् । उनले विकास निर्माणको कामलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सभापति खड्काले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिन संचारकर्मीहरुलाई आग्रह गरिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);