आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

ललितपुरको मंगलबजारमा स्मार्ट सार्वजनिक शौचालय उद्घाटन

काठमाडौं, ४ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाईंदैछ ।

नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन छन् । देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयहरुको व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषण त भएको छ नै विभिन्न रोग फैलाउने डर पनि उत्तिकै छ । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

दिवसकै अवशरमा ललितपुर महानगरपालिकाको मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ । स्मार्ट शौचालयको उद्घाटनपछि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालभरी बनेका सार्वजनिक शौचालयमध्येको व्यवस्थित र उच्च स्तरको शैचालय मंगलबजारमा निर्माण भएको बताउनुभयो ।

महानगरपालिकाले यहि अवधारणा अनुसार अन्य ठाउँमा शौचालय निर्माणको काम अघि बढाइने पनि बताउनुभएको छ । उहाँले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्ने देखि लिएर महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताउनुभयो ।

सो सार्वजनिक शौचालय अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री छ । साथै महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिने व्यवस्था रहेको छ । एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाखको लागतमा सौचालय निर्माण गरेको हो । शौचालय भवन र बायोग्यास लगायतका अन्य सुविधाहरु समेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताउनुभयो ।

विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);