विश्व शौचालय दिवस विविध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्व शौचालय दिवस विविध कार्यक्रम गरी मनाइयो

bishwa sauchalay diwas

काठमाडौं, ३ मंसिर । सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि सातौं विश्व शौचालय दिवस मनाइएको छ ।

दिवसका अवसर पारेर मंगलबार राजधानीको बसन्तपुरमा प्रभातफेरिसहितको कार्यक्रम आयोजना गरियो । कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले नागरिकको स्वास्थ्यको लागि पनि घरघरमा शौंचालयको सफाई गर्न जोड दिनुपर्ने बताउनुभयो । सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);