संसदीय दलका नेता शाहीमाथिको अविश्वास प्रस्तावमा छलफल गर्न मंगलबार बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदीय दलका नेता शाहीमाथिको अविश्वास प्रस्तावमा छलफल गर्न मंगलबार बैठक

कर्णाली प्रदेश, २६ असोज । नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णायक छलफल गर्न मगंलबार संसदीय दलको बैठक डाकिएको छ ।

मुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णायक छलफल गर्न प्रमुख सचेतक गुलाब जंग शाहले मगंलबार संसदीय दलको बैठक डाक्नु भएको हो । संसदीय दलको बैठकमा छलफल गरेपछि प्रक्रिया अघि बढ्ने बताइएको छ ।

आफ्ना पूर्वघटक समूहसमेतका तीन जना गरी नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको प्रमुख सचेतक गुलाब जंग शाहसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि मुख्यमन्त्रीले गरेका कामकारवाही मान्य नहुने भएको छ । यसैबीच कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनु भएको छ । मुख्यमन्त्री शाहीले कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाएको बताइएको छ ।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिनुभएको छ । सीता नेपाली यसअघि सचेतक हुनुहुन्थ्यो । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);