आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ? : सूर्य थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ? : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको अन्तरिम आदेशमाथि प्रश्न गरेका छन् । थापाले बिहीबार बिहान ट्वीट गर्दै सर्वोच्चले आश्यकताको सिद्धान्तलाई ख्याल नगरी आदेश गरेको टिप्पणी गरेका हुन् ।

देशमा कोरोना महामारीको कहरमा खोप ल्याएर जनता बचाउनु पर्ने अवस्थामा स्वास्थ्यमन्त्रीलाई पद मुक्त गरिएको र बाढीको चपेटामा परेर मेलम्चीवासी राहत र उद्वार पर्खिरहेको बेला र चुनाव गराउन आवश्यक शान्ति सुरक्षाको विशेष खाँचो परेको बेला गृहमन्त्रीलाई पदमुक्त गरिएको उनले उल्लेख गरेका छन् । मन्त्रीहरुको सक्रिय भूमिकाको आवश्यकता रहेको बेला त्यसलाई बिर्सेर सर्वोच्चले मन्त्रीहरुलाई पदमुक्त गरेको उनको तर्क छ ।

साथै थापाले यसरी मन्त्रीहरुको अति आवश्यकमा भएको समय पदमुक्त गरिएको भन्दै आवश्यकताको सिद्धान्त कता हराएको भन्दै सर्वोच्चलाइ प्रश्न समेत गरेका छन् । उनले लेखेका छन् –‘‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनुछ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ । बाढीको चपेटामा परेर मेलम्ची राहत–उद्वार पर्खेको छ, चुनाव गराउन शान्ति–सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ । आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ?’’

गएको मंगलबार सर्वोच्चले २० मन्त्रीहरु पदमुक्त हुने अन्तरिम आदेश दिएको थियो । विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाईने भन्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सो मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने अन्तरिम आदेश दिएको थियो । सो आदेश पछि २० मन्त्रीहरु पदमुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);