नेकपा बैठक : अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेकपा बैठक : अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन पारित

nekapa

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ । शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गरेको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो ।

स्थायी समितिका नेताहरुले राख्नु भएको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ८ सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन् ।

कार्य दलले दिएको सुझावलाई स्थायी समितिले अनुमोदन गरेपछि पार्टी एकीकरणको कामलाई पूर्णता दिने निर्णय पनि गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको सुझावलाई समेटेर अघि बढने प्रतिवद्धता जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);