सरकारकै कारण मेलम्चीको ठेकेदार काम छोडेर भाग्यो : नेपाली कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारकै कारण मेलम्चीको ठेकेदार काम छोडेर भाग्यो : नेपाली कांग्रेस

melamchi-nepali congress

काठमाडौं, १३ पुस । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गैर कानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डेले सरोकारित मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गरे । विकास र समृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठुलो कमिसनको खेलमा लागेको भन्दै उनले सरकारलाई इमान्दारीता र पारदर्शीता देखाउन चुनौति दिए ।

मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नया कम्पनी खडा गरि तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भईरहेको भन्दै उनले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गरे ।

सत्तारुढ दलकै सांसदले पनि मेचलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसंग माग गरेका छन् ।

दिल कुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसिले एकातर्फी काम छोडेर हिडेको भन्ने बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराईन् ।

आयोजना निर्माणको समय लम्बिदै गईरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुखी र निरास बनाएको भन्दै उनले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण तोडिएको र पुन कायम गर्ने बारे संचार माध्यममा आएको खबरमाथिको सत्य तथ्य सदनलाई जानकारी गराउन सम्बन्धी मन्त्रीको गम्भीर ध्यानाकर्षण गराईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);