सम्पति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सम्पति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

office of pm

काठमाडौं, ७ जेठ । सरकार गठन भएको तीन महिना हुँदा पनि मन्त्रीहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छैनन् ।

कानूनी व्यवस्थालाई बेवास्ता गर्दै सरकारका मन्त्रीहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न अटेरी गरेका छन् । कानूनमा पदमा बहाल भएको ६० दिनभित्र मन्त्रीहरुले आफ्नो सम्पति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्री कसैको पनि सम्पति विवरण राखिएको छैन ।

दिनहुँजसो सुशासन र पारदर्शीताको भाषण गर्ने प्रधानमन्त्री र मन्त्रीहरुले सरकार गठन भएको सय दिन पुग्न लाग्दा पनि सम्पति विवरण सार्वजनिक नगर्नुलाई अस्वभाविक मानिएको छ । यसैबीच, मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);