विषादीको मात्रा चेकजाँच गर्ने संयन्त्र नहुँदा महाकालीका स्थानीयको स्वास्थ्य जोखिमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बासु देव बड, दार्चुला, १० असोज । महाकाली नगरपालिकाको खलंगामा दैनिकजसो भारतबाट फलफूल तथा तरकारीहरु भित्रिने गरेका छन् । नेपाल भित्रिने गरेका फलफूल तथा तरकारीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको पाइएको छ । तर यस्ता फलफुल तथा तरकारीमा प्रयोग भएको विषादीको मात्रा चेकजाँच गर्ने संयन्त्र नहँुदा महाकालीका स्थानीयको स्वास्थ्य अवस्था जोखिमा पर्ने देखिन्छ ।

फलफूल तथा तरकारीका लागि छिमेकी मुलुक भारतमा परनिर्भर दार्चुलामा दैनिकजसो आलु, ब्याज, टमाटर, केरा, स्याऊ, अनार, लगाएतका फलफुल तथा तरकारीहरु भित्रिने गरेका छन् । भारतबाट आयात तरकारी तथा फलफूल सस्तो हुने भएकाले यहाका अधिकांस स्थानियले यही तरकारी उपभोग गर्ने गरेका छन् । तर यिनमा कत्तिको मात्रामा विषादीको प्रयोग गरिएको छ, यसको चेकजाँचक गर्ने कुनै संयन्त्रनै छैन ।

भारतबाट आउने तरकारी तथा फलफुलमा विषादी चेकजाच गर्ने व्यवस्था कतै नभएकाले स्थानीयले उपभोग गर्ने तरकारी तथा फलफूल कतिको हानिकारक छ भन्ने स्थानीयलाईनै थाहा छैन ।

छोटी भन्सार कार्यालय, खलंगाका कार्यालय प्रमुखनै फलफूल तथा तरकारीमा प्रयोग भएका विषादी नाप्ने संयन्त्रका बारेमा कुनै जानकारीनै नभएको बताउ छन् ।

हरेक नागरिकले स्वस्थकर उपभोग्यवस्तु प्रयोग गर्न पाउनुपर्छ । र हामीले उपभोग गर्ने खाद्यान्न कत्तिको स्वस्थकर छ त्यसको चेकजाँच हुनुपर्छ । त्यसलै सरोकारवाला निकायले तरकारी र फलफूलमा विषादी चेकजाँच गर्ने कार्यको सुरुवात गर्दैं नागरिकको स्वास्थ्यप्रति सजगता अपनाउन जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);