ललितपुरको खोकनाबासीले किन मनाउँदैंनन् दशैं ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मनिका खतिवडा, काठमाडौं, १० असोज । देशभर दशैंको रौनक छाएको बेला ललितपुरको खोकनाबासी भने सिद्धकालि जात्राको चटारोमा छन् । जाउलाखेलबाट करिब आठ किलोमिटर दक्षिणमा रहेको यस नेवारी बस्तीमा हरेक बर्ष दशैंको समयमा सिद्धकालि जात्रा मनाइन्छ । परापूर्व काल देखि नै दशैं नमनाएकाले खोकनाबासीले दशैंको रमझमको खासै वास्ता छैन ।

सुन्दा अचम्म लाग्ला, काठमाडौं उपत्यकामा यस्तो ठाउँ पनि छ जहाँ दशैं मनाइदैंन । हो तोरीको तेलको लागि प्रख्यात ललितपुरको खोकनाबासीलाई अहिलेसम्म दशैंको रैनकले छोएको छ्रैन ।
पछिल्लो समय हिन्दु धर्मावलम्बीबाहेकले समेत दशैं मनाउने क्रम बढ्दै जाँदा हिन्दु र बैद्ध धर्मावलम्बीको बाहुल्य रहेको खोकनाका नेवार समुदाय भने दशैं मनाउँदैनन् । देशभर दशैको रौनक छाएको बेला खोकनाबासी भने सिद्धकाली जात्राको चटारोमा हुन्छन् । परापूर्व कालदेखि नै दशैंको समयमा सिद्धकालिको जात्रा मनाउने गरिएकाले कहिलेदेखि यस ठाउँमा दशैं मनाउन छाडियो यसको पत्तोसमेत छैन खोकनाबासीलाई ।

सिद्धकालीको जात्रालाई खोकनाबासीले महत्व दिँदै आएका छन । सिद्धकालीको जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरु भई नवमीसम्म चल्छ । दसैँ मान्नेलाई दसैँ खर्च र सामग्री जोरजाम गर्ने चटारो रहेका बेला खोकनाबासी भने सिद्धकाली जात्रा कसरी धुमधामसँग मनाउने भन्ने चटारोमा हुन्छन् । र त उनीहरुलाई दशैंको खासै चासो रहँदैन ।

अन्य ठाउँमा बलि दिएको दिन खोकनामा बलि निषेध गरिन्छ । जात्राका बेला खोकनाबासी सबै नातेदारलाई बोलाएर भोज खुवाउँछन् । तर टीका–जमरा भने लगाउँदैनन् । टाढा रहेका आफन्तकहाँ टीका लगाउन पनि जाँदैनन् न टीका लगाउन कसैलाई घरमा आमन्त्रण गर्छन् । परापूर्वकालदेखिको पराम्परालाई जोगाइराख्ने क्रममा खोकना यस्तो एउटा सहर भएको छ, जहाँ दशैँको कुनै रौनक हुँदैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);