बडा दशैंको सातौं दिन, विधिपूर्वक फूलपाती भित्रयाइदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, ११ असोज । हिन्दुहरुको महान् चाँड बडा दशैंको आज सातौं दिन, शक्ति स्वरुपा भवानी माता कालरात्रिको पूजाआजा गरि मनाइदैं छ ।

माता कालरात्रि आदिमाता पार्वतकिो माया रुप हो । दुष्ट वृतिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट तह लगाउने उद्देश्यले कालरात्रि देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ । यी देवीको वदनवर्ण नीलो रंगको रहेको छ । लामो रातो ओंठ भएकी, गधामा चढेकी, बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएको छ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ ।

आज सबै घरमा विधिपूर्वक उखु,केरा,बेलपत्र,दारिम,जयन्ती धानका बाला,अशोकका पात,अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतीक फूलपातीका रुपमा भित्रयाइन्छ । गोरखा दरबारबाट ल्याइएको फुलपाती काठमाडौंको बसन्तपुरस्थित दशैं घरमा भित्राउने चलन रहेको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);