राहत आउन छाडेपछि रौतहटका बाढी पीडित समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राकेश यादव, रौतहट, १० असोज ।  रौतहटको यमुनामाई गाउँपालिकाका करिब १ सय भन्दा बढी बाढी पीडित दाताले दिएको राहतको भरमा गुजारा चलाउँदै आएका थिए । तर पछिल्लो समय सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत राहत वितरण गर्न छाडेपछि जसोतसो बाढीबाट ज्यान जोगाएका बाढीलाई भोकै मर्ने होकी भन्ने चिन्ताले सताएको छ ।

रौतहटको यमुनामाई गाउँपालिकाका बाढी पीडितलाई दशैंको रौनकले छौएको छैन । भएभरको जायजेथा बाढीले बगाएपछि सुकुम्बासी भएका बाढीपीडितलाई विहान बेलुकाको छाक टार्नसमेत मुस्किल छ । नयाँ लत्ताकपडा किन्ने र मिठो मसिनो खानु त यिनीहरुका लागि सपना जस्तै भएको छ । दाताहरुले दिएको राहतले गुजारा चलाउँदै आएका बाढीपीडित राहतसमेत आउन छाडेपछि छाडेपछि परेका छन् ।

सरकारले उचित व्यवस्था नगरिदिँदा दलित टोलमा रहेका करिब एक सय जना भन्दा बढीले पेटभर खान सम्म पाएका छैनन् । जसोतसो बाढीबाट बाँचेका बाढी पिडितलाई खान नपाएर मरीने पो होकि भन्ने चिन्त्ताले सताउन थालेको छ ।

नेपाल रेडक्रस सोसाइटीले भने निर्वाचनका कारण राहत बाड्न नसकिएको जनाएको छ ।

बाढी र डुवानबाट रौतहटमा तीन लाख मानिस बिस्थापित भएका छन । त्यस्तै चार लाख मानिसहरु बाढी र डुवानबाट प्रत्यक्ष प्रभाबित भएका छन । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा करीव ६० हजार घर क्षती भएका छन ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);