दाङका बाढीपीडितले २०७१ सालको राहत अझै पाएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

दाङका बाढीपीडितले २०७१ सालको राहत अझै पाएनन्

गोपाल शर्मा
दाङ, २३ असार । दाङका बाढीपीडितले २०७१ सालमा सरकारले दिने भनेको राहत अझै प्राप्त गर्न सकेका छैनन् । बाढीले विस्थापित कतिपय पीडित अहिले पनि पाल र त्रिपालको सहारामा छन् ।

२०७१ साउनमा आएको बाढीबाट घरबास गुमाएका जिल्लाका बाढी पीडितले सरकारले दिने भनेको राहत स्वरुपको रकम ०७५ को बाढी आउन सुरु हुँदा समेत पुरा पाउन सकेका छैनन् ।

कतिपय बाढी पीडितले जसो तसो बनाएको झुप्रोमा कठ्यांग्रिदो जाडो छलेर त्यस यताका बर्षहरु बिताए पनि अधिकांसले अझै सम्म आफ्नो घर बनाउन सकेका छैनन् ।

२०७१ र ७४ सालका बाढी पीडित देवीराम कुसारीले सरकारले तोकेको राहत चार वर्ष सम्म पनि नपाएको गुनासो गरिन् । उनले प्रभावित क्षेत्रको सुरक्षा गर्दै पीडितहरुलाई राहत दिने भने पनि अहिलेसम्म राहात स्वरुप ५० हजार पाएको र अरु नपाएको दुखेसो गरिन् ।

०७१ सालपछि २०७४ को बाढीले थप क्षति पु-याएको छ । सरकारले घर बनाउन राहत दिने कुरा गरेको थियो अहिले सम्म पुरा राहत दिएको छैन । सरकारले आफूरुलाई ढाँटेको बाढिपीडित धर्मराज खड्काको गुनासो छ ।

सरकारी राहतको प्रतिक्षामा रहेका बाढीपीडित स्थानीय सरकारसँग पनि सन्तुष्ट छैनन् । सरकारले दिने भनेर घोषणा गरेको राहत उपलब्ध गराउन स्थानीय सरकारले पनि पहल नगरेको पीडितको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);