इन्डोनेसियाको जाभामा बाढी-पहिरोबाट १० हजारभन्दा बढी विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्डोनेसियाको जाभामा बाढी-पहिरोबाट १० हजारभन्दा बढी विस्थापित

एजेन्सी, १४ फागुन । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

इन्डोनेशीयाको पश्चिमी जाभा द्वीपसहित देशका विभिन्न स्थानमा भारी वर्षाका कारण आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इन्डोनेशीयाको राष्ट्रिय विपद् व्यवस्थापन विभागले बाढी पहिरोका कारण ८ सय हेक्टरभन्दा बढी खेतको धानबाली डुबानमा परेको जनाएको छ । बाढीबाट अतिप्रभावित करिब ४८ हजार स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याइएको छ ।

पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपत्कालीन राहत सहायता प्रदान गरिएको छ । कारावाङ जिल्लामा जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको छ । साथै उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् व्यवस्थापन विभागले बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);