क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य

२५ बैशाख चितवन ।
विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य

 

२५ बैशाख चितवन ।

विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले कार्यकारी निर्देशक हुनका लागि आवेदन दिएका थिए । अन्र्तवार्ता र कार्ययोजनाको आधारमा उहाँलाई नियुक्ति गरेको अस्पतालका अध्यक्ष डा। प्रकाश न्यौपानेले बताउनुभयो । यसअघि एकेडेमिक कोर्डिनेटर हुनुभएका आचार्य स्त्री रोग सम्बधी क्यान्सर विशेषज्ञ हुनुहुन्छ ।

 

चितवनकै स्थायी वासिन्दा हुनुभएका निर्देशक डा। आचार्य १६ वर्षदेखि कार्यरत हुनुहुन्छ । कार्यकारी निर्देशकको पदभार सम्हाले लगत्तै नवनियुक्त कार्यकारी निर्देशक डा। विजयचन्द्र आचार्यले निजि अस्पतलामा आफुले काम नगर्ने घोषणा गर्नभएको छ । यसअघि अस्पतालको अनुमतिमा निजिमा काम गरेको भएपनि आफुले अस्पतालको विकासको लागि निजिमा काम गर्न छोडेको बताउनुभयो । अस्पतालका कर्मचारीले आज उहाँलाई स्वागत गरेका थिए । अस्पतालको सेवालाई सुधार गरेर अस्पतालको छवि उचो पार्ने बताउनुभयो । कर्मचारीलाई प्रोत्साहन बढाएर काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभयो । उहाँले अस्पताललाई कसरी अगाढी बढाउने भन्ने विषयमा छलफल समेत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);