जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी

जेठ १३, देवराज सुवेदी, सिन्धुपाल्चोक।
जिल्ला अस्पताल सिन्धुपाल्चोकले शुक्रबार विशेष कार्यक्रमकाबीच आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको

जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी

 
जेठ १३, देवराज सुवेदी, सिन्धुपाल्चोक।
 जिल्ला अस्पताल सिन्धुपाल्चोकले शुक्रबार  विशेष कार्यक्रमकाबीच आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ।
 स्वास्थ्य मन्त्रलायको नीति अनुसार जिल्ला  अस्पतालले आकस्मिक कक्षसँग जोडिएको  तालिम केन्द्र भवनमा एउटा कोठामा अस्पताल फार्मेसी सञ्चालनमा ल्याएको हो। फार्मेसीको आज शुक्रबार  एक कार्यक्रमबीच स्वास्थ सचिब डा. सेनेन्द्रराज उप्रेती  र अस्पताल विकास समितिका अध्यक्ष सोम सापकोटाले  संयुक्त रुपमा उद्घाटन गरे।
 
अस्पतालका बिरामीलाई अस्पतालभित्रै सस्तो र सुलभ मूल्यमा २४ घण्टा  औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालन ल्याइएको हो। अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुटकारा पाएका छन् । विपन्नरअसक्त नागरिकको उपचारका लागिसमेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेकोअस्पताल का मे.सु. डा.सुरेन्द्र चौरसिया  बताए।

 

उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पताल सुधारका प्रयास अघि बढेको समेत जानकारी दिए। “सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउनुपर्ने खाँचो छ”, मे.सु. डा. सुरेन्द्र चौरसिया भने । साथै उक्त अवसरमा सीईओएनओसी सेवा र एकद्वार संकट ब्यबस्थापन केन्द्रको पनि समुद्घाटन गरिएको थियो।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);