फार्मेसीमा ज्वरोको समेत औषधि पाइन्न ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

फार्मेसीमा ज्वरोको समेत औषधि पाइन्न !

medicine

गोरखा, २ भदौ । जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् । अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।

 ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन । देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ ।

सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् । अहिले अस्पतालको फार्मेसीमा निःशुल्क भनिएका आधा पनि औषधि छैनन् । मेडिकलसँगको मिलेमतोमा अस्पतालले औषधि खरिदमा चासो नदिएको कतिपयको आरोप छ ।

जिल्ला अस्पताल गोरखाले गत भदौबाट स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ तर बीमा गरेका सर्वसाधारणले पनि सुविधा पाएका छैनन् । प्रतिपरिवार २५ सय रुपियाँ तिरेर बीमा गरेका उनीहरू अस्पतालमा सेवा लिन आउँदा औषधि किन्न भने निजी मेडिकल नै धाउन बाध्य छन् ।

 गोरखा जिल्लाका २३ हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेको तथ्याङ्क छ । उनीहरूमध्ये एक तिहाई पनि बीमाको रकम सही सदुपयोग नगरेको बताएका छन् । जिल्ला अस्पतालले पनि सजिलै आफ्नो गल्ती स्वीकार गरेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);