सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी

pharmacy

बारा, ५ असोज । बारा जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ ।

अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् ।
सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरका निजी फार्मेसी बन्द गराउने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि कलैया अस्पतालले फार्मेसी सञ्चालनमा ल्याए पनि निजी फार्मेसीलाई बन्द गराउन नसकेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);