जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका

जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

 

 

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका स्थानीय सर्वसाधारण जनताले निराशा व्यक्त गरेका छन् ।

 

सकारले गत पौष महिनामा फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा २४सै घण्टा सर्जिकल सेवा, फिजिसियन सेवा, बाल रोग, प्रसुति सेवा, लगायत ६ ओटा स्वास्थ्य सेवाहरु विशेषज्ञ चिकित्सक मार्फत् दिने परिपत्र अस्पताललाई गरेको भएपनि हाल सम्म कुनै काम कारवाही मन्त्रालयले अगाडी नबढाएको जिल्ला अस्पताल रोल्पाका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले बताउनु भयो ।

 

स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताललाई विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक पर्ने मेसेनरि औजार तथा उपकरण र बजेटको समेत माग गर्ने भने बमोजिम आफुले सेवा सञ्चालनका लागि आवश्यक पर्ने बजेट माग गरेको भएपनि त्यसको समेत कुनै जवाफ नआएको डाक्टर शर्माले बताउनु भयो । जिल्ला अस्पतालमै २४सै घण्टा विशेषज्ञ स्वासथ्य सेवा पाइएला भनेर आशामा बसेका रोल्पाली जनताका लागि २ महिना विति सक्दा पनि सरकारको निर्णय कार्यान्वयनमा नआउदा हर्ष न विश्मात जस्तै भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);