दाङमै पहिलो पटक होटेल पौवाले दियो सेवाग्राहीलाई निशुल्क स्वास्थ्य उपचार सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमै पहिलो पटक होटेल पौवाले दियो सेवाग्राहीलाई निशुल्क स्वास्थ्य उपचार सेवा

ओमप्रकाश गुप्ता
भालुवाङ, १५ फागुन ।
दाङको एक होटेलले आफ्ना सेवाग्राहीहरुलाई निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका १ भालुवाङमा रहेको होटेल पौवाले शनिवार आफ्नै होटेलमा आफ्ना सेवाग्राहीहरुलाई निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । यो दाङमा नीजि क्षेत्रमा होटेलले दिने स्वास्थ्य सेवा पहिलो हो ।

विभिन्न स्वास्थ्य संस्था तथा संघ संस्थाहरुले निशुल्क स्वास्थ्य शिविर चलाई रहँदा होटेलले पनि आफुले दिने सेवामा विश्वास दिलाउन सेवा ग्राहीहरुको नै निशुल्क स्वास्थ्य उपचार सँगै परामर्श दिन थालेको होटेलका म्यानेजर केडी शर्माले जानकारी दिएका छन् । राप्ती सेवा पोलिक्लिनिक राप्ती गाउँपालिका १ भालुवाङको सहकार्यमा होटेल पौवाले १ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

यस क्षेत्रमा विषेश गरी सुगर, प्रेसर, दम लगायतका बिरामी धेरै मात्रमा रहेको र सेवाग्राहीको स्वास्थ्यलाई समेत विषेश ख्याल गरी शिविर चलाएको म्यानेजर शर्माले बताए । होटेल पौवाले विगत लामो समय देखि स्वस्थ खाना, नास्ता खुवाइरहेको र समाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको म्यानेजर शर्माले बताए । डा. आशिष अधिकारीको नेतृत्वामा खटिएको स्वास्थ्य शिविरमा कुल ५२ जनाले सेवा लिएका थिए ।

जसमा ४६ जनाको सुगर चेकजाँच गर्दा १८ जनामा नयाँ सुगरका बिरामी फेला परेका छन् । त्यसै गरी ५२ जनाको प्रेसर चेकजाँच गर्दा १९ जनामा प्रेसर देखा परेको छ । त्यस्तै शिविरमा ३८ जनाले ब्लड चेक गराएका थिए । शिविरमा विरामीहरुलाई निशु्ल्क औषधी समेत प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविरमा ल्याप टेक्निसियन सरिता खड्का, व्यवस्थापक हिमाली प्रमाण योगी, सिएमए विष्णु पाण्डे र व्यवस्थापनमा बसन्तकुमार पोख्रेलले सेवा दिएका थिए । बस्तुगत र खानपान नमिल्दा सुगर र प्रेसरको समस्या देखिने गरेको डा. आशिष अधिकारीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);