बन्दीपुर–६ ग्याजाटर र बाग्थलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बन्दीपुर–६ ग्याजाटर र बाग्थलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, ३० असोज । बन्दिपुर गाउँपालिकाले घर घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दैआएको छ । बन्दीपुर–६ ग्याजाटर र बाग्थलमा घर–घरमा उपचार भन्ने मूल नाराका साथ प्राबिधिक एवं औषधीसहितको निशुल्क स्वास्थ्य शिविर सोमबार सञ्चालन गरेको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुुभयो ।

“बन्दिपुर अस्पतालको बिशेषज्ञ डाक्टर, आँखाको जाँच गर्ने प्राबिधिकको टोलीसहित जेष्ठ नागरिक, आमा, महिला दिदीबहिनी तथा दाजुभाईको लागि स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ग्याजाटर र बाग्थलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।” अध्यक्ष थापाले भन्नुुभयो ।

सो निशुल्क स्वास्थ्य शिविरमा आँखा जाँच कार्यक्रम अन्तर्गत ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको पालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच नभएका गाउँहरुमा हरेक महिना १५ दिनमा एकपटक स्वास्थ्य परीक्षण कार्यक्रम गर्दै आएको पनि थापाले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);