आज बाग्मतीसहित तराईमा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज बाग्मतीसहित तराईमा वर्षाको सम्भावना

काठमाडौं, ३० असोज । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाको अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

त्यसैगरी, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);