चिसो बढेसँगै रुघाखोकीका बिरामीको अस्पतालमा चाँप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चिसो बढेसँगै रुघाखोकीका बिरामीको अस्पतालमा चाँप

फूलमाया आले
काठमाडौं, २९ मंसिर । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै देशभरका अस्पताल तथा मेडिकलमा बिरामीको संख्या पनि बढेको छ । अस्पतालहरुमा विशेषगरी दैनिक चिसोले लाग्ने रुघाखोकीका बिरामी बढी आउने गरेको चिकित्सकहरु बताउँछन् । साथै चिसोबाट विशेष सजग हुन उनीहरुले सुझाव पनि दिएका छन् ।

रुघा खोकीलाई सामान्य रुपमा लिने गरिन्छ । तर, यसले मानिसको ज्यान समेत लिने हुँदा सचेत रहन चिकित्सकको सुझाव रहेको छ । चिसो मौसममा दम बढ्ने, जोर्नी दुख्ने, बाथ, पिनास, रुखाखोकी, निमोनिया, जस्ता रोगहरुको जोखिम बढी हुन्छ ।

चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ । यस मौसममा चिसो हावाका कारण तापक्रम न्यून हुन्छ । कम तापक्रमले प्रतिरोधात्मक शक्ति क्षय गर्ने भएकोले चिसो हावामा भाइरस बढी सक्रिय हुने चिकित्सकहरु बताउँछन् ।

त्यसैले पनि यो मौसममा बढी साबधानी अपनाउनुपर्छ । बढ्दो चिसोसँगै धुलो धुँवाको कारण पनि श्वास नली अझ बढी खुम्चिने हुनाले दमको समस्याले जाडोमा बढी असर गर्छ ।

जाडो मौसममा पहिरनमा ध्यान दिएन भने श्वासप्रश्वासमा संक्रमण बढ्ने चिकित्सक बताउँछन् । उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, दमको समस्या भएका वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित हुने भएकोले सम्बन्धित बिरामीले आफ्नो स्वास्थ्यको बढी ख्याल राख्नुपर्ने हुन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);