स्वास्थ्य बिमा लागु भएपछि चितवनका अस्पतालमा बिरामीको चाप | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

स्वास्थ्य बिमा लागु भएपछि चितवनका अस्पतालमा बिरामीको चाप

healths insurance

काठमाडौं, १५ जेठ । स्वास्थ्य बिमा लागु भएपछि चितवनका अस्पतालमा बिरामीको चाप बढेको छ ।

बिमा गरेपछि बिरामीले ५० हजार सम्मको उपचारखर्च र औषधी निःशुल्क पाउने भएपछि बिमा सुविधा भएका अस्पतालमा बिरामीको चाप बढेको हो । गत भदौदेखि बैशाखसम्म मात्रै १ लाख ३० हजार परिवारले चितवनमा स्वास्थ्य बिमा गरेका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा गत भदौदेखि बैशाखसम्म २८ हजार परिवारले बिमा गरेका छन् ।

त्यस्तै चितवन मेडिकल कलेजमा ४५ हजार, चितवन मेडिकल अफ साइन्समो १५ हजारले बिमा गरेका छन् । भरतपुर अस्पतालमा बिमा गरेका बिरामी दैनिक तीन सय भन्दा धेरैले उपचार गराउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);