दाङको शान्तिनगरमा फैलिएको झाडापखला कोलिफमका कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङको शान्तिनगरमा फैलिएको झाडापखला कोलिफमका कारण

गोपाल भट्टराई
दाङ, १६ जेठ । दाङको शान्तिनगर गाँउपालिकामा फैलिएको झाडापखलाको प्रकोप मानिसको दिशामा पाइने कोलिफम जिवाणुका कारण भएको पुष्टि भएको छ ।

कोलिफम जिवाणु खानेपानीको मुहानमा पुगेकाले प्रकोप फैलिएको हो । झाडापखलाको प्रकोप फैलिएपनि नियन्त्रणमा सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।

दाङको शान्तिनगर गाँउपालिकाको ३ र ४ मा फैलिएको झाडापखला अझै नियन्त्रणमा आउन सकेको छैन । प्रकोपबाट १ हजार ६ सय भन्दा धेरै बिरामी परेका छन् । झाडापखलाको प्रकोप मानिसको दिशामा पाइने कोलिफम जिवाणुका कारण भएको पुष्टि भएको छ ।

सो जिवाणु खानेपानीको मुहानमा पुगेकाले प्रकोप फैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । खानेपानीको परिक्षण गर्दा कोलिफम जिवाणु भेटिएको हो । प्रकोपको चौथो दिन १ सय ४५ जना थप बिरामी थएिका छन् ।

गाउँपालिकाले बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र उपचारकामा छिटो छरितोका लागि नेपाली सेनाको सहति ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

झाडापखाला नियन्त्रणमा प्रदेश सरकारले समेत चासोे नदिएको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिका प्रमुख कमानसिंह डाँगीले झाडापखालाले महामारी हुँदा पनि सरकारले सहयोग नगरेको गुनासो गरे ।

अहिले सो क्षेत्रमा पानीको मुहान र धाराहरु सफा गर्न थालिएको छ । प्रभावित क्षेत्रमा अहिले तुलसीपुर खानेपानी संस्थाले स्वच्छ पानी वितरण गरिरहेको छ । स्थानीयले झडापखला प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रमा विज्ञ सहितको टोली खटाउन सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);