कपिलवस्तुमा झाडापखालाका बिरामीको संख्या ४३० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुमा झाडापखालाका बिरामीको संख्या ४३० पुग्यो

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरपालिकामा झाडापखालाका बिरामीको संख्या ४३० पुगेको छ । कृष्णनगरपालिकाको वडा नं ३, ४, ७, ८, ९ र १२ मा देखिएको झाडापखाला एवं वान्ताबाट ४३० जना पीडित भएका छन् ।   हालसम्म निको भएकाको संख्या ३१४ छ भने ८२ जना अझै उपचाररत छन्।

३४ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । १८ असोजदेखि सुुरु भएको झाडापखाको संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

पिउने पानी सप्लाइ गर्न बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको छ ।संक्रमणको कारण पहिचान गर्न पाँचजना बिरामीको दिसाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

मन्त्रालयले उक्त ठाँउमा संक्रमणबारे अनुगमन गर्न तीनजना चिकित्सकको टोली पठाएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रविन गौतमलाई मन्त्रालयले पठाएको हो । साथै मन्त्रालयले पानी शुद्धीकरणका गर्न संक्रमित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन र आवश्यक स्वास्थ्य सामग्री पठाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);