केहि महिना भित्रै नेपाललाई कोरोनामुक्त बनाउनेछौं : नवनियुक्त मन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

केहि महिना भित्रै नेपाललाई कोरोनामुक्त बनाउनेछौं : नवनियुक्त मन्त्री खतिवडा

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा सबैभन्दा बढि ध्यान केन्द्रित गर्ने बताएका छन् ।

नवनियुक्तमन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे । शुक्रबार साँझ सिंहदरवारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरुलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

नवनियुक्त मन्त्री खतिवडाले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);