स्वास्थ्य सचिव डा. पोखरेलद्धारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स्वास्थ्य सचिव डा. पोखरेलद्धारा पदभार ग्रहण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा समूहका नवनियुक्त सचिव डा. रोशन पोखरेलले पदबहाली गरेका छन् । मंगलबार पदबहाली गर्दै सचिव पोखरेलले आफ्नो पहिलो प्राथमिकता खोप भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने झैं सरकारको प्राथमिकतामा कोभिड खोप भएकाले आफूले सोही लक्ष्यप्राप्तिका लागि काम गर्ने उनको भनाई छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिवका रुपमा डा.पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल यसअघि मन्त्रालयमा १२ औं तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए ।

पदभार ग्रहणलगत्तै डा. पोखरेलले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गर्दै आफ्नो काम थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);