नेपाल प्रहरीद्वारा बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दिया, ५ भदौ । नेपाल प्रहरीले बर्दियाको बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

 

 

 

केही दिनअघिको बाढीका कारण मानिसहरु बिरामी पर्न थालेपछि नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंको सहयोगमा बर्दिया प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्वास्थ्य जाँच गराउने वृद्धवृद्धामा दम, ज्वरो तथा जीउ काम्ने र टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।

 

 

 

शिविरमा गुलरिया नगरपालिका वडा नम्बर २, संगम बस्तीका ६ सय घरपरिवारले स्वास्थ्य जाँच गराएका छन् । अविरल वर्षापछि आएको बाढीका कारण बर्दियामा ७५ हजारभन्दा बढी प्रभावित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);